सुनको मूल्य प्रतितोला ३ हजार १ सय रुपैयाँ घट्यो
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ३ हजार १ सय रुपैयाँले घटेको हो।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला ३ लाख ७ हजार ४ सय रुपैयाँ रहेको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला ४० रुपैयाँले घटेर ४ हजार ७ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।
एकैदिन सुनको मूल्य ३ हजार १ सय रुपैयाँ र चाँदीको मूल्य ४० रुपैयाँले घटेपछि नेपाली बजारमा सुनचाँदी खरिद गर्ने ग्राहकका लागि केही राहत भएको छ।आजको सुनचाँदीको मूल्य:
सुन: रु. ३,०४,३०० प्रति तोला
चाँदी: रु. ४,७२५ प्रति तोला
