साउदी अरबविरुद्ध नेपाललाई १९१ रनको लक्ष्य
काठमाडौं । मलेसियामा जारी एसीसी मेन्स प्रिमियर कप क्रिकेटअन्तर्गत आज नेपालले साउदी अरबको सामना गरिरहेको छ।
क्वालालम्पुरस्थित बायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको साउदी अरब ४९.२ ओभरमा १९० रनमा अलआउट भएको छ। साउदी अरबले नेपालसामु जितका लागि १९१ रनको लक्ष्य प्रस्तुत गरेको हो।साउदी अरबले दिएको लक्ष्य पछ्याउँदै नेपालले जवाफी ब्याटिङ सुरु गरेको छ।
यस खेलमा जित निकाल्दै नेपाल समूह चरणमा आफ्नो बलियो स्थिति कायम राख्ने लक्ष्यमा छ।नेपालले प्रतियोगिताका यसअघिका खेलमा बहराइनलाई ७ विकेटले र मलेसियालाई ६ विकेटले पराजित गरिसकेको छ।
साउदी अरब भने यसअघि मलेसियासँग पराजित भए पनि बहराइनलाई १७ रनले हराउँदै प्रतियोगितामा फर्किएको थियो।अब नेपालसामु १९१ रनको लक्ष्य पूरा गर्दै प्रतियोगितामा लगातार तेस्रो जित निकाल्ने अवसर रहेको छ।
