कर्णाली राजमार्गको खुलालु–लालीघाट सडकखण्ड आगामी मङ्गलबारदेखि चार दिनसम्म मर्मत सम्हारका लागि बन्द हुने भएको छ । कालिकोट, बाजुरा र हुम्लाका नागरिकलाई असुविधा हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा शुक्रबार बसेको बैठकले सडक स्तरोन्नतिका लागि चार दिन बन्द गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले बताउनुभयो । जेठ २० गते बिहानदेखि २४ गते बेलुकीसम्म सडकखण्ड बन्द रहनेछ जानकारी दिएसँगै कर्णाली राजमार्ग हुँदै आएका गाडी जिते हुल्ममा रोकिने छन् ।
हुम्ला, बाजुरा र कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका, रास्कोट नगरपालिका, पचालझरना गाउँपालिका र पलाता गाउँपालिकाबाट आएका गाडी लालीघाटमा रोकिएर यात्रुलाई गन्तव्यमा पठाउन सकिने बताउनु भयो।


