तनहुँको घिरिङ गाउँपालिका–४ गड्यौलीटारमा करेन्ट लागेर आज १५ वर्षीया निर्मला कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
रुखमा घाँस काट्ने क्रममा ‘हाइटेन्सन लाइनको तार छोएर घाइते कुमालको उपचारका क्रममा बेलचौतारा स्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा मृत्यु भएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो ।


