शवबाट सुनको मुन्द्रा चोरी गरेको आरोपमा चितवनबाट दुई जना पक्राउ
चितवनमा बाढीले बगाएर ल्याएको एक व्यक्तिको शवबाट कानमा लगाइएको सुनको मुन्द्रा चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
शवबाट जबर्जस्ती मुन्द्रा तानिरहेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ
