हिन्दी गीतमा कलाकार निकिताको अभिनय

पूर्वमिस नेपाल तथा अभिनेत्री निकिता चाण्डक बलिउडमा करिअर बनाउन संघर्षरत छिन् । उनको संघर्षले परिणाम पनि दिइरहेको देखिन्छ । बलिउड फिल्मदेखि विज्ञापन र म्युजिक भिडियोमा उनले काम पाइरहेकी छन् ।

निर्देशक सञ्जय लीला भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’बाट उनले बलिउडमा प्रवेश गरिसकेकी छन् । डेढ महिनाअघि उनले मुम्बईमा यो फिल्मको छायांकन गरेकी थिइन् । यसमा उनको भूमिका कस्तो र कति छ, त्यो भने फिल्म रिलिजपछि नै थाहा हुनेछ । यद्यपि, बलिउडमा उचो नाम बनाएका निर्देशक भन्सालीसँग सहकार्य गर्न पाउनु नै उनका लागि निकै ठूलो उपलब्धि बनेको छ ।

बलिउड अभिनेता राजकुमार रावसँग एक विज्ञापनमा समेत सहकार्य गरिसकेकी निकिताले हालै एक हिन्दी म्युजिक भिडियोमा काम गरेकी छन् । भारतीय गायिका सुरभी दशपुत्रको नयाँ गीत ‘मोरे साजन’मा उनी फिचर्ड छिन् । चार दिनअघि रिलिज भएको यो गीतको भिडियोमा उनले पर्याप्त ‘स्क्रिन स्पेश’ पाएकी छन् । भिडियोको कमेन्टमा उनको अभिनयको धेरैले प्रशंसा गरिरहेको पाइन्छ।

निकिताले यो भिडियोमा काम गर्न पाउनु आफ्नो लागि अविश्वसनीय अवसर रहेको बताएकी छन् । केही महिनादेखि मुम्बईमा बस्दै आइरहेकी उनले छोटो समयमा नै बलिउड फिल्मदेखि म्युजिक भिडियोसम्म काम गर्ने अवसर पाउनु आफैंमा महत्त्वपूर्ण उपलब्धि हो ।

लेखकबाट थप

भारतको पटाका कारखानामा विस्फोट हुँदा ५ जनाको मृत्यु

गोविन्द गौतमको लेखन तथा निर्देशनमा फिल्म ‘परी’ बन्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *