तुलसीपुर उपमहानगरपालिका–१३ बखरीयामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
दंगीशरण गाउँपालिका –२ का ६५ वर्षिय नारायण भण्डारी र ४२ वर्षिय शान्ता खड्का चौधरीको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको हो । दंगीशरण गाउँपालिकाको गोल्टाकुरीबाट तुलसीपुर आउँदै गरेको ना ४ ख ४००९ नम्बरको गाडी तुलसीपुर १३ बखरियामा ब्रेक फेल भई दुर्घटना भएको हो ।
बसमा सवार ३२ जना घाइते भएको प्रहरीले जनाएको छ । दंगीशरण गाउँपालिका –२ निवासी २५ वर्षकी मनिषा बस्नेत, सोही ठाउँ निवासी ५२ वर्षकी गोमा सार्की ६० वर्षकी मोतिसरा सुनार, ३४ वर्षकी सीता पुन, ३२ वर्षकी सीमा पुन, २७ वर्षका कमला नेपाली, उहाँका छोरा ८ वर्षको शंकर नेपाली, ९ वर्षका सुशान्त नेपाली, वर्षका ४१ नोखीराम विक, ४८ वर्षका कुशल विक, २५ वर्षकी ललिता सुनार, ४८ वर्षकी कमला नेपाली, ४६ वर्षका अमृत कुसारी घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये चार जनाको अवस्था गम्भीर, १५ को मध्यम र बाँकीको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक रानाले बताए । घाइते सबैको प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको जनाउँदै उनले बसमा सवार अधिकांश एउटै गाउँका रहेका बताए ।
घाइतेहरूलाई तत्काल उद्धार गरी राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । दुवै बसका चालकलाई नियन्त्रणमा लिएर घटनाका बारेमा अनुसन्धान थालिएको प्रनि रानाले उल्लेख गरे । ठक्करपछि यात्रुवाहक बस सडकबाट करिब पाँच मिटर तल पल्टिएको थियो ।


