साहित्यकार रीता वलामीद्धारा रचित ‘आभासपुञ्ज’ गजलसङग्रह र ‘बालमञ्जरी’ बाल कबिता सङग्रह बिमोचन भएको छ ।
रातोघर फाउन्डेसन र कार्डिनल इन्टरनेसनल बोर्डिङ हाइ स्कुलको संयुक्त आयोजनामा मङ्सिर १३ गते पुस्तक विमोचन कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान, लेखनाथ सभाकक्षमा गरिएको थियो ।
बरिष्ठ कवि स्नेह सायमीको संयोजकत्वमा कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ गीतकार प्राध्यापक डा.कृष्णहरी बराल, विशिष्ट अतिथिहरु बलसाहित्य समाजका पूर्व अध्यक्ष प्रमोद प्रधान, वरिष्ठ गजलकार ललिजन रावलका साथै नेपालका सुप्रसिद्ध साहित्यकार अतिथिहरुबाट सर्जक रीता बलामीको दुई कृति बिमोचन गरिएको हो ।
कार्यक्रममा स्वागत मन्तव्य कार्डिनल स्कुलका प्रिन्सिपल रमेश के.सीले गर्नु भएको थियो । लामो समयदेखि शिक्षण पेशामा इमान्दार र उर्जाशिल रहि कार्डिनलको सहायक प्रधानअध्यापक हुदै हाल जुनकिरी इन्लिस स्कुलको प्रधानअध्यापक सम्मको भूमिका सफलतापूर्वक निर्वाह गरि रहेको र उहाँको बहुप्रतिभासाली क्षमता र साहित्य प्रतिको लगनशिलताको कारण दुवै सङग्रह एकै पटक लोकापर्ण गर्न पाउदा के.सीले मन्तव्य मार्फत खुसी व्यक्त गर्नुभयो । उहाँको बाल कबिता सङग्रहमा ‘बाल संबेदना’ र ‘बालमनो–बिज्ञानलाई’ प्रस्तुत गरिएको र ‘आभासपञ्ज’ गजलसङग्रहमा मानवीय संवेदना र मानव जीवनका विविध पक्षलाई समेट्न सफल भएको बताउनु भयो ।
कार्यक्रममा बिशेष अतिथि ललिजन रावल, दक्षिणकाली नगरपाललिकाका कार्यबाहक प्रमुख बसन्ति डङगोल तामाङ, र गीतकार तथा साहित्यकार बिरेन्द्र कुमार बलामीबाट सर्जक रिता बलामीलाई मनतव्य मार्फत शुभकामना व्यक्त गरिएको थियो ।
बिमोचित कृति बालकविता सङुग्रह बालमञ्जरी माथि परिचर्चा गर्दै बालसाहित्यकार एवम् बालसाहित्य समाजका पूर्व अध्यक्ष प्रमोद प्रधानले रीता बलामीका बाल कवितामा बाल चेतनाको साथसाथै लयगत माधुर्य पनि रहेको बताउनु भयो । आफनो साधनालाई परिपक्व बनाई लामो साधना पछि मात्र आफ्ना कृतिहरु निकाल्नु भएकोले उहाँलाई लेखक मात्र नभनी स्रष्टा, सर्जक भन्नुपर्ने भनी प्रधानले सम्मान व्यक्त गर्नु भयो ।
सर्जक रीता बलामीले आफनो मन्तव्य दिने क्रममा परीवी जागरण समुह मार्फत््फर्पिङ क्षेत्रमा थुप्रै साहित्यिक गतिविधि गरेको स्मरण गर्दै परीवीले आयोजना गरेको एक साहित्यीक कार्यक्रममा स्नेह सायमी र लक्ष्मी मालीसँग भएको भेटले साहित्य यात्रामा अभिभावक पाएको र प्रकाशनमा ऊर्जा मिलेको बताउनु भयो । किताब प्रकाशनामा साथ सहयोग पु¥याउने सम्पूर्ण व्यत्तित्वहरुलाई उहाँले हार्दिक धन्यवाद ज्ञापन पनि गर्नुभयो । । लामो समय शिक्षण पेशामा रहिरहदाँ विद्यार्थीहरुका हाँसो, खुसी, इच्छा, पीडा, समस्या जस्ता बाल संवेदना नजिकबाट बुझ्ने मौका पाएको र सोअनुरुप नै बालमञ्जरी सङग्रह तयार पारेको बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक डा.कृष्णहरी बरालले बलामीका केही रचनाहरु वाचन गरी सुनाउनभएको थियो । उहाँले रीता बलामीका गजलमा गजल सौन्दर्य, विषयको विविधता र मानवीय संवेदना रहेको र उहाँका दुवै कृति हेर्दा उहाँ शिक्षाविद्र समाजसुधारकको भूमिकामा रहेको भान हुने बताउनभयो ।
सो कार्यक्रमका सभाध्यक्ष तथा रातोघर फाउन्डेसनका संस्थापक, स्थापित कवि प्राज्ञ लक्ष्मी मालीबाट कार्यक्रमको समापन गरिएको थियो । उहाँले सर्जक रीता बलामी आफै नै बालबालिका जस्तो भएर कवितामा बाल–मानोबिज्ञानलाई जीवन्त रुपमा प्रस्तुत गरेको बताउनु भयो । त्यस्तै गजल सङ्ग्रहमा समाजका विसङ्गति, बाधा, अबरोध, मानव जीवनका उतारचढाव, कष्ट, पीडा आदिलाई मार्मिक रुपमा प्रस्तुत गरिएको बताउनु भयो ।
उहाँले यी दुई कृति बालबालिका र साहित्य अनुरागीहरुका लागि उपयोगी पुस्तकको रुपमा परिचित भएको बताउदै कार्यक्रम समापन गर्नु भएको थियो ।
कार्यव्रmममा बुढानिलकण्ठ नगरपालिकाका उपप्रमख अनिता लामा, वरिष्ठ साहित्यकारहरु भीष्म उप्रेती, राजेन्द्र शलभ लगायत उपत्यका र फर्पिङबाट थुप्रै साहित्यकारहरुले उपस्थिति रहेको थियो ।
सञ्चारकर्मी दीपक लामिछानेले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा कार्डिनल र जुनकिरी स्कुलका नृत्य प्रशिक्षक र विद्यार्थीहरुले रमाइला नृत्यहरु प््रस्तुत गरी कार्यव्रmमलाई आकर्षक र मनोरञ्जनमय बनाएका थियो ।
साहित्यकार रीता वलामीका दुई किताब ‘आभासपुञ्ज’ गजलसङग्रह र ‘बालमञ्जरी’ Tapaikoshop अनलाइन सपिङ्गबाट अडर गरि किन्न सक्नु हुनेछ ।


