balen sahah

काठमाडौं महानगरपालिकाको कार्यपालिकाको बैठक आज बस्दै

काठमाडौं । आज काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक बस्दै छ । आज दिउँसो २ बजेका लागि कार्यपालिका बैठकमा महानगर प्रमुख बालेन शाहले बोलाएका हुन् ।


११ बजे बजेट स्रोत समितिको बैठक बस्ने छ भने बैठक लगत्तै उपमेयर सुनिता डंगोल नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बस्नेछ । बैठक समापन पश्चात दिउँसो २ बजे कार्यपालिका बैठक बोलाइएको हो ।

सो बैठकले आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम र बजेट नगर सभामा पेस गर्ने निर्णय गर्नेछ ।

प्रमुख बालेन र कार्यकारी अधिकृत सरोज गुरागाईं बीचको कुराकानीले कार्यपालिका बैठक बस्न नसक्दा संविधानले तोकिदिएको समयसीमा भित्र बजेट ल्याउन काठमाडौं महानगरपालिका असफल भएको छ । कानुनमा स्थानीय तहले असार १० भित्र बजेट ल्याउनुपर्ने व्यवस्था छ ।

मेयर बालेन शाह प्रमुख प्रशासकीय अधिकृत गुरागाईंसँग बैठक बस्न नमानेपछि महानगरले बजेट ल्याउन नसकेको हो तर मेयर शाहले आज बोलाएको कार्यपालिका बैठकमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईं पनि सहभागी हुने भएका छन् ।

लेखकबाट थप

अभिलेखमै नभएको विद्यालयको नाममा भ्रष्टाचार

bikunarayan kachichhawa traffic police

‘नो हर्न’ सम्बन्धी ट्राफिक जनचेतना मुलक कार्यक्रम गर्दै ट्राफिक प्रहरी परिसर, सातदोबाटोका प्र.ब.ना.नि बिकु नारायण काशिछवा

Leave a Reply

Your email address will not be published. Required fields are marked *