काठमाडाैं । सिद्धार्थ बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ ।
असोज २१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको हो ।
बैठकले आव २०८१/८३ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) गरी कुल १०.५३ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।हाल बैंकको चुक्तापूँजी १४ अर्ब ८ करोड ९९ लाख रुपैयाँ बढी रहेको छ ।


