कमल थापा र दीपक सिंह रिहा, सोमबार उपत्यका बन्द आह्वान

काठमाडौं । राजावादीहरुले गरेको प्रदर्शनका क्रममा आज पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापासहित ७ जना रिहा भएका छन् ।

प्रहरीले आठ जनालाई पक्राउ गरेको थियो । राप्रपाका सांसद दीपक सिंह पनि आजै रिहा भएका छन् ।

तर साँझ ७ जनालाई जिम्मा जमानीमा छाडिएको हो । एक जना भने प्रहरी हिरासतमै छन् ।

राजावादीहरुलाई पक्राउ गरिएको भन्दै राप्रपाले आपत्ति जनाएको छ ।

भोलि उपत्यका बन्द गर्ने राजावादीको घोषणा – राजावादी समूहले भोलि (जेठ १९ गते) काठमाडौं उपत्यका बन्द गर्ने घोषणा गरेका छन् ।

राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले एक विज्ञप्ति जारी गर्दै भोलि उपत्यका बन्दको घोषणा गरेका हुन् ।

सरकारले आफूहरूको आन्दोलनमा बर्बर दमन गरेको आरोप लगाउँदै राजवादी समूहले आन्दोलनको स्वरुप परिवर्तन गर्न बाध्य भएको जिकिर गरेको छ ।

‘सरकारको बर्बर दमनको विरोध गर्दै हामी आन्दोलनको स्वरुप परिवर्तन गर्न बाध्य भएका छौं । यसै क्रममा भोलि जेठ १९ गते हामीले उपत्यका बन्दको घोषणा गरेका छौं,’ सुवेदीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै, उपत्यका बन्दको क्रममा आ–आफ्नो टोल र चोकमा बसेर सक्रिय भूमिका निर्वाह गर्न आन्दोलनमा सहभागीहरूलाई विज्ञप्ति मार्फत आह्वान गरिएको छ ।

लेखकबाट थप

कमल थापा पक्राउ परेपछि अध्यक्ष लिङ्देन भन्छन्, लडाइँ अब भोलिबाट सुरु हुन्छ

आजदेखि देशभर सार्वजनिक यातायात ठप्प

Leave a Reply

Your email address will not be published. Required fields are marked *