रुकुमपूर्व : रुकुमपूर्व सिस्ने गाउँपालिका–६ रानीकोट जंगलमा दुई नाल भरुवा बन्दुक फेला परेको छ। सोमबार बिहान सवा ६ बजे आसपास जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वबाट खटिएको टोलीले उक्त बन्दुक फेला पारेको हो।
जंगलमा कसैले लुकाई–छिपाई राखेको बन्दुक रहेको गोप्य सूचनाका आधारमा खोजी गर्दा बेवारिसे अवस्थामा बन्दुक भेटिएको प्रहरीले जनाएको छ। बन्दुक कसले राखेको हो भन्ने नखुलेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक लालबहादुर विकको भनाई रहेको छ ।
जंगलमा अवैध रूपमा हतियार राख्नु आपराधिक ह भन्दै उक्त विषयमा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


