aasar 15

आज असार १५ अर्थात् धान दिवस मनाइँदै, दही–चिउरा खाने चलन

काठमाडौँ । आषाढ १५ जस्लाई नेपालमा “धान दिवस“ वा “रोपाइँ दिवस“ को रूपमा मनाइन्छ । असार महिनाको १५ गते (प्रायः जुन २९ वा ३० तारिख) मा पर्ने यस दिनलाई नेपाली कृषि संस्कृतिको एक महत्वपूर्ण चाडको रुपमा हेरिन्छ ।

यस दिनलाई नेपाल सरकारले सन् २००४ बाट राष्ट्रिय धान दिवसको रूपमा मान्यता दिएको साल हो । यस दिनबाट धान रोप्ने मौसम अर्थात (मनसुन खेती) औपचारिक रूपमा सुरु हुन्छ । किसानहरू खेतमा जम्मा भइ धान रोप्छन् । पुरुषहरू हलो, ट्याक्टर जोत्ने र पानी हाल्ने काम गर्छन् भने महिलाहरू धानको बिरुवा रोप्ने काममा लाग्दछन् ।

रोपाइँसँगै हिलो खेल्ने, लोक गीत गाउने, नाच्ने, रमाइलो गर्ने परम्परा रहदै आएको छ । यो दिनको विशेष त, दही–चिउरा भोजन गर्ने दिनको रुपमा चिनिन्छ । आँप, केरा, अचार, गुन्द्रुक, आलु र कहिलेकाहीँ च्याङ (स्थानीय मदिरा) सँगै रमाउने गर्दछन् । खेतको कामपछि परिवार, छिमेकी र साथीहरू सँगै बसेर यो परिकार खानु विशेष महत्त्व राख्दछ ।
यो दिनले नेपाली समाजको कृषिमा आधारित जीवनशैलीलाई सम्मान र सम्झना गराउँछ भने किसानप्रति कृतज्ञता प्रकट गरिन्छ ।

पछिल्ला वर्षहरूमा “रोपाइँ महोत्सव“ जस्ता कार्यक्रम काठमाडौं, पोखरा लगायतका शहरी क्षेत्रमा पनि मनाइन थालेको छ । विदेशी, सहरिया मानिसहरू, संघ संस्थाहरु लगायत स्कुलका बालबालीकाहरु, विद्यार्थिहरु पनि खेतमा रोपाइँ गर्ने, हिलो खेल्ने, लोक संगीतमा रमाउने गर्न थालेको प्रशस्त देखिन थालेको छ ।

बिशेष त असार १५ किन मनाइन्छ,
– कृषि, मौसम र खाद्य सुरक्षाको विषयमा सचेतना फैलाउन ।

– नेपाली कृषि परम्परालाई नयाँ पुस्तामा हस्तान्तरण गर्न । र

– सांस्कृतिक एकता र रमाइलोको अवसर दिनका लागि यो परम्परा चलि आएको हो ।

असार १५ केवल खेतमा रोपाइँ गर्ने दिनको रुपमा मात्र होइन, यो नेपाली किसान, संस्कार, परिश्रम, र सहकार्यको प्रतीक हो । यस दिनले हाम्रो भूमिमा हाम्रो माया, परम्परा र भविष्यलाई समेटेको हुन्छ ।

लेखकबाट थप

see 2024

एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी

shekk hasina

पूर्वप्रधानमन्त्री शेख हसिनालाई ६ महिनाको जेल सजाय

Leave a Reply

Your email address will not be published. Required fields are marked *