कमल थापा पक्राउ परेपछि अध्यक्ष लिङ्देन भन्छन्, लडाइँ अब भोलिबाट सुरु हुन्छ

काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई ससम्मान नियन्त्रण मुक्त गर्न माग गरेका छन् ।
आज काठमाडौंमा प्रदर्शनको क्रममा प्रहरीले नक्सालस्थित नारायणचौरबाट थापालाई नियन्त्रणमा लिएको छ ।
अध्यक्ष लिङ्देनले थापालाई रिहा नगरे भोलिबाट काठमाडौं ठप्प पार्ने चेतावनी दिँदै देशभरीबाट कार्यकर्ताहरु उतार्ने बताए ।

प्रदर्शनमा सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले भने, ‘अब हामी देशभरीबाट साथीभाइहरुलाई बोलाउँछौं, खास लडाइँ भोलिबाट सुरु हुन्छ ।’

एक ठाउँमा भेला नभई ५० ठाउँबाट निस्कने चेतावनी दिँदै ‘कहाँ रोक्नुहुन्छ तपाईं रु’ भन्दै लिङ्देनले सरकारलाई प्रश्न गरे ।

‘कमल थापालाई अहिले यहीँ ल्याएर ससम्मान फिर्ता नगर्ने हो भने भोलिबाट काठमाडौं उपत्यका बन्द सुरु हुन्छ ।’ अध्यक्ष लिङ्देनले चेतावनी दिँदै भने ।

लेखकबाट थप

राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

कमल थापा र दीपक सिंह रिहा, सोमबार उपत्यका बन्द आह्वान

Leave a Reply

Your email address will not be published. Required fields are marked *