गुलरिया, बर्दियामा ः बारबर्दिया नगरपालिका १० बैदी स्थित बनखेतवा नालामा बाख्रा चराउन गएकी ११ वर्षीया बालिकालाई ६६ वर्षीय पुरुषले जबरजस्ती गरेका थिए । जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले बृद्धलार्य पक्राउ गरेको छ ।
पीडित बालिकाकी आमाले प्रहरीलाई जानकारी दिएपश्चात तत्काल प्रहरी चौधी कर्तनियाबाट खटिएको टोलीले जबरजस्ती करणी गर्ने जमिल अहमद जागालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पुर्याएको बर्दियाका प्रहरी नायब उपरीक्षक चक्रबहादुर डमरपालले बताए।
प्रहरी नियन्त्रणमा रहेका जागालाई आवश्यक कारबाहीका लागि बर्दिया जिल्ला अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको डीएसपी डमरपालले जानकारी दिए।


