गोविन्द गौतमको लेखन तथा निर्देशनमा फिल्म ‘परी’ बन्ने

गोविन्द गौतमको लेखन तथा निर्देशनमा फिल्म ‘परी’ बन्ने भएको छ । शुक्रबार काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा शुभ मुहूर्त गर्दै फिल्मबारे जानकारी गराइयो । समारोहमा फिल्मका मुख्य कलाकारहरु किरण केसी, दीपाश्री निरौला, लक्ष्मी गिरी, दीपक अधिकारी, रेणु दुलाल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कलाकार केसीले फिल्मको स्क्रिप्ट एकदमै राम्रो लागेर काम गर्न लागेको बताए । ‘यो फिल्मको स्क्रिप्ट एकदमै राम्रो छ,’ उनले भने, ‘साँच्चिकै भन्ने हो भने दीपा र हामीले स्क्रिप्टमा यति धेरै मिहिनेत गरेका थिएनौँ, जति डिरेक्टर सापले गर्नुभएको छ ।’

दीपाश्रीले फिल्ममा काम गर्न आफूलाई कथाले आकर्षित गरेको बताइन् । ‘स्क्रिप्टमा मिहिनेत गरियो भने फिल्म उत्कृष्ट बन्छ । फिल्म उत्कृष्ट भएपछि दिनानुदिन निर्माताहरु थपिनु हुन्छ, राम्रा राम्रा प्रोडक्टहरु पनि थपिन्छन् । त्यसका लागि सबैले मिहिनेत गर्नुपर्छ । हामीले मात्र होइन । यो फिल्मको स्क्रिप्टमा निर्देशकले धेरै मिहिनेत गर्नुभएको छ । त्यसैले खेल्न राजी भएँ ।’

फिल्ममा प्रियंका कार्की, दिनेश डिसी, दिग विजय केसी, श्याम राई, घनश्याम गिरी, दीपक अधिकारी, रेणु दुलाल, संगम गौतम, जेशिका पोखरेल, निशा गौतम, अर्नव नागिला लगायतको पनि अभिनय रहनेछ । फिल्मको छायांकन यही जेठ अन्तिमबाट सुरु गर्ने भएको छ ।

बाबु श्रेष्ठको छायांकन रहने फिल्ममा कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, रोशन श्रेष्ठको द्वन्द्व, दीपक शर्मा र विकास चौधरीको संगीत, आनन्द अधिकारीको शब्द रचना तथा डा। खेम क्षेत्री, रचना रिमाल र डा। महेन्द्र भट्टको स्वर रहनेछ ।

लेखकबाट थप

हिन्दी गीतमा कलाकार निकिताको अभिनय

दक्षिणकालीको भाइरल पुल लोकप्रिय बन्दै

Leave a Reply

Your email address will not be published. Required fields are marked *