दक्षिणकालीको भाइरल पुल लोकप्रिय बन्दै

दक्षिणकाली फर्पिङमा वडा नं. ३ र ६ को सिमानामा पर्ने भाइरल पुल आजभोलि लोक प्रिय बन्दै गएको छ ।

शनिबार वा अन्य बिदाको समयमा यस ठाँउमा घुम्न आउनेहरुको संख्या दिन प्रतिदिन बढ्दै गईरहेको देखिन्छ । फुर्सदको समयमा होस् या प्रकृतिसँय रमाउन होस् उपत्यमा नजिक पायक पर्ने मनमोहक दृश्य बोकेको ठाँउमा भाइरल पुलले आन्तरिक तथा बह्य पर्यटकहरुको मन लोभ्याइ रहेको छ ।

वडा नं. ३ र ७ मा पर्ने दुई वटा बिशाल पहाडलाई जोड्ने काम यस पुलले गरेको छ । यस ठाँउ बालबालीकादेखि बृद्धसम्म, बटुवादेखि व्यापारीसम्म, टिकटकदेखि चलचित्रसम्मका व्यक्तिहरुको रोजाई बन्न पुगेको छ ।

यस पुलले वडा नं. ३ को पोखरी, चन्द्र ज्योति पावर हाउस र वडा नं. ७ को श्री योपालेश्वर महादेवको मन्दिर र फर्पिङ बजारलाई सजिलै छिटो अबधिमा जोड्न काम गरेको छ ।


स्थानियहरुको सोरोजगारमा चटपटे, पानीपुरी, सिजन अनुसारका काक्रा, नसपति, आरु, खुपार्नी, मकै, काफल लगायतका फलफुलहरु बिक्रि बितरण गर्दै रैथानेबाट भरपूर आमदानि गरि रहेको छ ।

लेखकबाट थप

गोविन्द गौतमको लेखन तथा निर्देशनमा फिल्म ‘परी’ बन्ने

रातो मच्छेन्द्रनाथको भोटो आज देखाइँदै, उपत्यकामा सार्वजनिक बिदा

Leave a Reply

Your email address will not be published. Required fields are marked *