Jeep accident

जीप दुर्घटना हुदा बैतडीमा २ को मृत्यु, ६ जना घाइते

दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–६ को खिपाली मोडमा बिहान ६ बजेतिर सुपप्र ०१००१ ज १३७२ नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका जीप चालक डिलासैनी गाउँपालिका–१ नगराउ बस्ने २४ वर्षीय सन्तोशबहादुर राना र सोही ठाउँका ३२ वर्षीय किरण चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य ६ जना घाइते भएका छन् ।

गम्भीर अवस्थामा उद्दार गरेर पाटन प्राथमिक स्वास्थ्य केन्द्र पठाइएका उनीहरुको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा डिलासैनी गाउँपालिका–१ कै ४२ वर्षीय रामबहादुर राना, ५१ वर्षीय कमला धामी, २७ वर्षीय राजेन्द्र बहादुर खत्री, २१ वर्षीया भागरथी खत्री, २ वर्षीया एलिसा खत्री र २५ वर्षीय हेमन्त प्रसाद भट्ट रहेको डीएसपी जोराले बताए ।

घाइतेमध्ये कमला धामी र राजेन्द्र खत्रीलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । जीप सडकबाट करीब ७० मिटर तल खसेको छ भने दुर्घटनाको कारण खुल्न सकेको छैन ।

लेखकबाट थप

bikunarayan kachichhawa traffic police

‘नो हर्न’ सम्बन्धी ट्राफिक जनचेतना मुलक कार्यक्रम गर्दै ट्राफिक प्रहरी परिसर, सातदोबाटोका प्र.ब.ना.नि बिकु नारायण काशिछवा

प्रचण्डले गरे अध्यक्ष पद त्याग गरेको घोषणा

Leave a Reply

Your email address will not be published. Required fields are marked *