काठमाडौँ, जेठ २८ गते । पोखरा महानगरपालिका–१८ तोरेपानीबाट उडेको दुई वटा प्याराग्लाइडिङ, ल्याडिङ गर्ने क्रममा अनियन्त्रित भई दुर्घटना भएको छ । दुर्घटनामा ४ जना घाइते अवस्थामा उद्धार गरिएको छ । प्याराग्लाइडिङ अनियन्त्रित भई खस्दा फेवा तालको बिच भागमा खसेको थियो ।
दिउसो करिब ३ बजे भएको दुर्घटनामा तत्कालै सशस्त्र प्रहरीको टोलीले रेस्क्यु गरि सकुशल उद्धार गरेको हो ।
उद्धार गरिएकाहरूमा भारतको बनारस घर बताउने ४१ वर्षीय अकलेस यादव, ३५ वर्षीय चन्दन कुमार पटेल र अग्नि प्याराग्लाइडिङका पाइलट ३० वर्षीय मिलन शाह साथै २८ वर्षीय विश्वास अधिकारी रहेको सशस्त्र प्रहरीका सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।


