काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित २९ जनाविरुद्ध वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।
प्रहरीले अनुसन्धान सकाएर १ महिनाअघि सरकारी वकिल कार्यालय पर्सालाई प्रतिवेदन बुझाएको थियो ।
त्यसै आधारमा सरकारी वकिलको कार्यालयले अध्ययनपछि लामिछानेसहित २९ जनाविरुद्ध जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको हो ।


