इजरायलको हवाई आक्रमणबाट दुई उच्च अधिकारीको मृत्यु

काठमाडौं । इजरायलले इरानका आणविक प्रशोधन केन्द्रहरूमा भीषण हवाई आक्रमण गरेको छ । आक्रमणमा दुई जना उच्च अधिकारीको मृत्यु भएको

इरानी सञ्चारमाध्यमले जनाएको छ । आक्रमणमा इरानका क्रान्तिकारी गार्ड प्रमुख होसेन सालामी र पूर्व आणविक उर्जा प्रमुख फेरेयदुन अब्बासीको मृत्यु भएको छ । । आक्रमणपछि राजधानी तेहरानलगायत देशभर नै विस्फोटका आवाज सुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले ‘इरानको आणविक कार्यक्रमको केन्द्रमै प्रहार’ भएको दाबी गरेका छन् ।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्थाले हालै २० वर्षपछि पहिलोपटक इरानलाई आणविक अप्रसार सन्धिको उल्लंघन गरेको भन्दै चेतावनी दिएको थियो । यद्यपी इरानले आफ्नो कार्यक्रम शान्तिपूर्ण नागरिक प्रयोजनका लागि मात्र रहेको जिकिर गर्दै आएको छ ।

तेहरानको विमानस्थल बन्द गरिएको छ भने इजरायलले आपतकाल घोषणा गरेको छ । अमेरिकाले भने यो आक्रमणमा आफ्नो संलग्नता नरहेको स्पष्ट पारेको छ ।

लेखकबाट थप

एअर इण्डियाको विमान दुर्घटनामा पाइलटसहित २६१ जनाको मृत्यु

नेपाली चलचित्र ‘अञ्जिला’ एक सय रुपैयाँमै हेर्न पाइने

Leave a Reply

Your email address will not be published. Required fields are marked *