एअर इण्डियाको विमान दुर्घटनामा पाइलटसहित २६१ जनाको मृत्यु

काठमाडौं । अहमदाबादबाट लन्डन जाँदै गरेको एअर इण्डियाको बोइङ ड्रीमलाइनर विमान एआई (१७१ उडेको केही मिनेटमै दुर्घटना हुन पुग्यो । विमान एउटा ठूलो मेडिकल कलेजको होस्टल भवनमा ठोक्किएर आगोको मुस्लोमा परिणत भएको थियो ।

दुर्घटनामा १२ सदस्यीय चालक दलसहित २४२ यात्रु थिए । त्यस मध्ये २४१ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले दावी गरेको छ। आज बिहान ६ बजेसम्म घटना वरिपरी भेटिएको शबसहित मृत्यु हुनेको संख्या २६१ पुगेको भारतीय सरकारले जनाएको छ । कतिपय विदेशी सञ्चार माध्यमले भने कम्तिमा २९० जनाको मृृत्यु भएको औल्याएको छ ।

लेखकबाट थप

भारतको अहमदाबादमा विमान दुर्घटना

इजरायलको हवाई आक्रमणबाट दुई उच्च अधिकारीको मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *