सरकारी बजेटको दुरुपयोग, माहोवादी नेताले गरे विकास निर्माणको बजेट हिनामिना

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका एक स्थानिय माओवादी नेताले सरकारी बजेटको दुरुपयोग गरेको खुलेको छ । बाह्रबिसे नगरपालिका ६ कटेरीमा माओवादी नेता गणेश तामाङले वडा अध्यक्ष र नगरपालीकासँको मिलेमतोमा सरकारी बजेट दुरुपयोग गरेको खुलेको हो । तामाङले आफ्नो निजि निवासमा जाने सडक बाटो निमार्ण तथा घरको संरक्षणका लिगि भनि सरकारी बजेटको मन लाग्ने प्रयोग गरेका स्गानियहरुले खुलाएको छ ।

सडक बिभागसँगै भवन डिभिजन कार्यालयको करिब ५० लाख बजेट तामाङले आफ्नो निजि निवासमा जाने सडक निमार्ण गरेका हुन् । उनले आफ्नो घरको संरक्षणका लागि समेत बिभिन्न संरचना बनाइ रहेका छन् । तामाङले सरकारी बजेटको दुरुपयोग गरेको भन्दै स्थानिय बल बहादुर श्रेष्ठले समाजिक संजालमा नै आक्रोस पोखेका छन् ।

यहाँ गाँउगाँउमा जोने सडकको अबस्था दर्दनाक छ । बाह्रबिसे कोदारि सडक खण्को धेरै ठाँउमा मर्मत तथा स्तर उन्नतीको काम आवश्यक छ तर माओवादी नेताहरुले एकजना स्थानिय कार्यकर्ताका लागि राज्यकोषको रकम दुरुपयोग गरेको भन्दै अहिले चौतर्फि आलोचना भैरहेको छ ।

सहरी बिकास सँगै अन्य विभिन्न निकायबाट करिब एक करोड रुपैया बजेट परेको छ । दुर्गम क्षेत्रमा सडक बनाउनु र मर्मत गर्नु भन्दा माओवादी कार्यकर्ता भएकै कसैको घरमा जानका लागि बारम्बार जजेट पार्नु स्थानियहरुको गलत भएको छ । संघिय सरकारबाट विनियोजित बजेटबाट नगरपालिकासज्गको समन्वयमा सडक निर्माणको काम गरिएको बाह्रबिसे नजरपालिकाकाले जनाएको छ ।

लेखकबाट थप

यातायात व्यवसायीसँगको छलफल सकारात्मक

पहिरोले भेडेटार–रवि–राँके सडक अवरुद्ध

Leave a Reply

Your email address will not be published. Required fields are marked *