भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको गुजरातस्थित अहमदाबाद विमानस्थल नजिकै विमान दुर्घटना भएको छ ।

बिहीबार दिउँसो अहमदाबादको मेघानीनगर क्षेत्रमा विमान दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यम इन्डिया टुडेले जनाएको छ ।

अहमदाबाद विमानस्थलबाट लन्डनका लागि उडेको एयर इन्डियाको बोइङ ७८७-८ ड्रीमलाइनर विमान उडान भरेको केही समयपछि नै दुर्घटनाग्रस्त भएको हो ।विमानमा २४२ यात्रु सवार थिए । दुर्घटनाको बारेमा थप विवरण आउन बाँकी छ ।घटनास्थल वरीपरी बाक्लो कालो धुवाँ देखिएको छ । दुर्घटनापछि सातवटा दमकल सहित आपतकालीन सेवाहरू घटनास्थलमा पुगेको इन्डिया टुडेले जनाएको छ ।

लेखकबाट थप

इमेज सहकारीका सञ्चालक र कर्मचारीलाई थुनामा राख्न अदालतको आदेश

एअर इण्डियाको विमान दुर्घटनामा पाइलटसहित २६१ जनाको मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *