Suman sharma Samsad Lumbini

लुम्बिनी प्रदेशसभा सदस्य रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । लुम्बिनी प्रदेश सांसद सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

जिल्ला अदालत पर्साबाट जेठ १६ गते पक्राउ पुर्जी जारी भएको थियो । त्यसयता सुमन भने फरार छिन् । रायमाझी जनमतका समानुपातिक सांसद थिए ।

जिल्ला प्रहरी कार्यालय पर्सामा पर्साको पोखरिया बस्ने आशा कुमारी चौहानले बैंकिङ कसुरमा उनीविरुद्ध उजुरी दिएकी थिइन् ।जिल्ला प्रहरी कार्यालय पर्साले असार ३ गते बर्दिया प्रहरीलाई एक पत्र लेखी सुमनलाई पक्राउ गरी बुझाइदिन आग्रह गरेको छ । सुमन बर्दियाकी भएकाले प्रहरीले सम्बन्धित जिल्लाको प्रहरीलाई पत्राचार गरेको हो ।

रायमाझीले सोही पार्टीका नेतृ आशाकुमारीसँग साढे पाँच लाख रुपैयाँ सापटी लिएकी थिइन् । रायमाझीले गत भदौ ७ गते दुई लाख ७५ हजार रुपैयाँ साट्ने गरी त्यति नै बराबरको चेक काटेर अनितालाई दिएकी थिइन् ।

तर त्यो साट्न जाँदा चेक बाउन्स भएको थियो । यसबारे सुमनलाई पटक–पटक आफूले जानकारी गराएको उनले बताउँदै आएकी थिइन् ।

अनिताले सुमनविरुद्ध साढे पाँच लाखमध्ये आधा चेक अनादर र आधा बैंकिङ कसुरसम्बन्धी मुद्दा दायर गरेकी हुन् । यसबारे पार्टीमा पटक–पटक भने पनि कसैले चासो नदिएपछि मुद्दामा जानुपरेको अनिताको भनाई छ ।

District police Office
District police Office

लेखकबाट थप

कलंकी स्थित स्कुलभित्रै भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

पशुपति शवदाह गृह उपकरण खरिदमा अनियमितता, सदस्य सचिव थापासहित १६ विरुद्ध भ्रष्टाचार मुद्दा

Leave a Reply

Your email address will not be published. Required fields are marked *