पाल्पाको रिमिघा लेकमा यार्सागुम्बा फेला, उक्त क्षेत्रमा प्रवेश निषेध

रम्भा गाउँपालिका– २ फोक्सिङकोट र वडा नं ३ रिमिघा लेकमा यार्सागुम्बा भेटिएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुरमा गरिएको परीक्षणका क्रममा यार्सा नै हो भन्ने डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायणदेव भट्टराईले जानकारी दिनुभयो ।

रिमिघा लेक क्षेत्रमा सरसफाइ गरि बिरुवा लगाउन खाल्डो खन्ने क्रममा यार्सागुम्बा जस्तै देखिने वस्तु फेला परेपछि त्यसको पुष्टि गर्न प्रयोगशाला पठाइएको थियो । गा.बि.सले उक्त क्षेत्रमा प्रवेश निषेध गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले भन्नुभयो “रिमिघा लेकमा यार्सा नै भएको प्रमाणित भएको छ,” “तर त्यो कस्तो प्रजातिको हो, साथै त्यसको मेडिसनल भेल्यु कति छ भन्ने यकिन भएको छैन ।”

यार्सागुम्बालाई हिमाली तथा उच्च पहाडी भेगका विश्वकै बहुमूल्य औषधिजन्य जडिबुटिको रुपमा परिचित छ ।विश्वमा नेपाल दोस्रो स्थानमा यार्सागुम्बाको आपूर्तिको दृष्टिकोणले रहेको बताइएको छ ।


यार्सागुम्बाको प्रयोगबाट विभिन्न रोगको उपचार हुदै आउको छ, यसको प्रयोग शक्तिवद्र्धक, क्यान्सर, रक्तअल्पता, क्षयरोग, फोक्सोको सङ्क्रमण, मिर्गौला, कलेजोसम्बन्धी, मुटु आदि रोगको औषधि बनाउन प्रयोग हुने जनाइएको छ । समुद्री सतहबाट तीन हजार पाँच सय मिटरदेखि पाँच हजार पाँच सय मिटरसम्मको उचाइमा यार्सागुम्बा पाइन्छ ।आयुर्वेद चिकित्सककाअनुसार यो एक प्रकारको च्याउ तथा लार्भा अवस्थाको पुतलीको संयुक्त रूप हो ।

लेखकबाट थप

प्रधानमन्त्रीद्वारा कीर्तिपुर क्रिकेट रंगशाला निरीक्षण

कालिमाटी तरकारी अपडेट, कस्को भाउ कति ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *