काठमाडौं : आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको चौथो श्रृङ्खलामा अर्थात अन्तिम खेलका रूपमा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दैछ। यस श्रृखलामा नेपालले चार अङ्क जोडेको छ। स्कटल्याण्डको डन्डीस्थित फोर्थहिल क्रिकेट मैदानमा नेपाली समयअनुसार पौने ४ बजे खेल सुरु हुनेछ।
पहिलो खेलमा स्कटल्यान्डलाई एक विकेटले पराजित गरेको थियो । त्यस्तै नेपालले दोस्रो खेलमा नेदरल्यान्ड्सलाई पाँच विकेटले पराजित गरेको थियो। तेस्रो खेलमा भने नेपाल स्कटल्यान्डसँग दुई रनले पराजित भएको थियो।
हालसम्म नेपाल र नेदरल्यान्ड्सबीच भएको अन्तर्राष्ट्रिय खेलमामा ६ खेल भएका छन् जसमा ३ जित नेपालले दर्ता गरेको छ र ३ जित नेदरल्यान्ड्सले दर्ता गरेको छ।
अंक तालिकामा नेदरल्यान्ड्सले २२ खेलमा १२ जित, ८ हार र दुई नतिजाहीन खेलसहित २६ अंक जोड्न सफल भएको छ। हालको सम्म नेदरल्यान्ड्स दोस्रो स्थानमा रहेको छर नेपालले भने १५ खेल खेलिसक्दा ४ जित, ९ हार र २ खेलमा अङ्क बाँड्दै १० अंक जोड्दै अंक तालिकाको सातौं स्थानमा रहेको छ।


